घोराही सिमेन्टको ४ करोड कित्ता शेयरको लकइन अवधि सकिंदै

२८ जेष्ठ २०८३, बिहीबार १०:०२

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको ४ करोड ३ लाख १८ हजार १११ कित्ता शेयरको लकइन अवधि आउँदो असार ३१ गतेबाट समाप्त हुने भएको छ।

कम्पनीको संस्थापक शेयरधनीहरूको ४ करोड १ लाख ९५ हजार ६३४ कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूको २४ हजार ७०५ कित्ता र कम्पनीका कर्मचारीहरूको ९७ हजार ७७२ कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो।

आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक, उद्योग प्रभावित र कर्मचारीतर्फको शेयर लकइनमा राख्नुपर्ने प्रावधान छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*