संसदमा शाहीको प्रश्न ‘१४ गते कर पास भएर २१ गते गाडी कसरी आयो ?’

२८ जेष्ठ २०८३, बिहीबार १२:३९

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विद्युतीय (इभी) सवारीसाधन आयात प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधिसभाको बिहीबारको बैठकमा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले इभी आयात प्रक्रियामा विभिन्न शङ्का उत्पन्न भएकाले त्यसको सत्यतथ्य सार्वजनिक गर्न संसदीय छानबिन समिति आवश्यक रहेको बताएका हुन्।

उनले छानबिन समिति गठनको माग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई काम गर्न नदिन नभई विषयलाई स्पष्ट र पारदर्शी बनाउनका लागि गरिएको बताए।

शाहीले जेठ १ गतेदेखि १४ गतेसम्म करिब ३ हजार सवारीसाधन आयात भएको तथा करसम्बन्धी निर्णय जेठ १४ गते पारित भए पनि जेठ २१ गते नै ती सवारीसाधन नाकाबाट भित्रिएको विषयले शङ्का पैदा गरेको दाबी गरे।

‘१४ गते कर पास भएर २१ गते नाकाबाट गाडी भित्रनुलाई करका दर हेरफेर नभनेर के भन्ने ?’ उनले संसद्मा प्रश्न गरे।

इभी आयातसँग सम्बन्धित कर तथा भन्सार प्रक्रियाबारे उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*