न्युरोडमा ४० लाख नगदसहित एक व्यक्ति पक्राउ, हुण्डी शंकामा अनुसन्धान जारी

२८ जेष्ठ २०८३, बिहीबार १५:३२

काठमाडौं । काठमाडौँको न्युरोडबाट स्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्वरुपराज दवाडी रहेका छन् । उनलाई प्रहरीले नगदसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार दवाडीको साथबाट बरामद भएको उक्त रकमको स्रोत खुल्न सकेको छैन । प्रारम्भिक अनुसन्धानमा उक्त रकम हुण्डी कारोबारसँग सम्बन्धित हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*