अभिकर्ताहरुको कुलिङ पिरियडमा बीमा प्राधिकरणका पदाधिकारी र संचालकबीच दोषारोपण

काठमाडौं । अभिकर्ताहरुको असन्तृष्टिको बिषय रहेको कुलिङ पिरियडमा बीमा प्राधिकरणका पदाधिकारी र संचालकले एक अर्कालाई दोषारोपण गरेको पाइएको छ।
अभिकर्ताहरुले यस बिषयमा आपत्ति जनाउदै संसोधन गर्न प्राधिकरणमा पुगेका थिए । सिईओको कुलिङ पिरियडभन्दा बढी बाधिएको भन्ने बिषयमा छलफलका लागि पुगेका अभिकर्ताहरुलाई प्राधिकरणका पदाधिकारीहरुले अर्थमन्त्रालयका पूर्व संचालक गणेश पाण्डेलाई यस व्यवस्था लागू गर्न बाध्य पारेको बताएका थिए ।
यस बिषयमा प्राधिकरणका पूर्व संचालक गणेश पाण्डेसँग प्रतिकृया लिँदा छलफलमा ल्याएको बिषय बोर्डले पारित गरेको भन्दै प्राधिकरणका पदाधिकारीको निर्णयलाई सहमती जनाएको बताएका छन् ।
बीमा अभिकर्ताको एक बर्षको कुलिङ पिरियड हटाउन नियामक निकाय नेपाल बीमा प्राधिकरणलाई माग गर्दै आइरहेका छन् ।
यसअघि एउटा कम्पनीमा मात्रै खुम्चाएको अभिकर्तालाई कुलिङ्ग पिरियड लागु गरेर थप असहजताको वातावरण सिर्जना गरेको भन्दै अभिकर्ताहरु रुष्ट बनेका छन् ।
प्राधिकरणले अभिकर्ताले आफू कार्यरत बीमा कम्पनी छोडेर अर्को कुनै बीमा कम्पनीका लागि काम सुरु गरेको १ वर्षसम्म पुनः अर्को बीमकको लागि काम गर्न नपाउने व्यवस्था विरुद्ध अभिकर्ताहरुले आपत्ति जनाएको छ ।बीमा अभिकर्ता संघ नेपालका ओम बहादुर केसीले सिईओको भन्दा बढी कुलिङ पिरियड अभिकर्ता राख्नु उचित नभएको बताँउछन् । उनले यस बिषयमा प्राधिकरणलाई समेत सचेत गराइसकेका छन् ।
एकपटक बीमक परिवर्तन अर्थात् एउटा बीमा कम्पनी छोडेर अर्को कुनै बीमा कम्पनीको अभिकर्ताको हैसियतमा काम गर्न थालेको एक वर्ष पूरा नहुँदै पुनः अर्को बीमक परिवर्तनका लागि अभिकर्ताले आवेदन दिन नपाउने व्यवस्थाले अभिकर्ताहरु निरुसाहित भईरहेका छन् ।
प्राधिकरणले यस व्यवस्था लागू गर्नु अघि यस बिषयमा बीमकहरुसँग पनि प्रतिकृया लिएको थियो भने अन्तिम छलफल बोर्डमार्फत अघि बढाएर यो व्यवस्था लागू गरिएको थियो ।












