नेको इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौँ । नेको इन्स्योरेन्सले देशभरका विभिन्न शाखाका लागि कर्मचारी माग गरेको छ। कम्पनीले बजार विस्तार तथा व्यवसाय प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन विभिन्न तहका कर्मचारीका लागि आवेदन खुला गरेको जनाएको हो ।
कम्पनीले सहायक प्रबन्धक, अधिकृत तथा कनिष्ठ अधिकृतदेखि प्रशिक्षार्थी सहायकसम्मका पदमा कर्मचारी मागेको छ । सहायक प्रबन्धक पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर वा स्नातक तह उत्तीर्ण गरी बजार व्यवस्थापनसम्बन्धी क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने उल्लेख गरिएको छ। उच्च शैक्षिक योग्यता भएका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
त्यस्तै, अधिकृत, वरिष्ठ अधिकृत तथा कनिष्ठ अधिकृत पदका लागि स्नातकोत्तर वा स्नातक तह उत्तीर्ण गरी बजार व्यवस्थापन क्षेत्रमा कम्तीमा तीन वर्षको कार्यानुभव आवश्यक पर्ने जनाइएको छ। उच्च शैक्षिक योग्यता भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक तथा प्रशिक्षार्थी सहायक पदका लागि कम्तीमा कक्षा १२ उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएको छ। यद्यपि उच्च शैक्षिक योग्यता भएका उम्मेदवारलाई प्राथमिकता दिइने उल्लेख छ। यस्ता पदका लागि सम्बन्धित क्षेत्रमा अनुभव भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ।
योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आफ्नो विस्तृत व्यक्तिगत विवरण, शैक्षिक प्रमाणपत्र तथा निवेदनसहित विज्ञापन प्रकाशित भएको मितिले एक महिनाभित्र आवेदन पेश गर्न सक्नेछन् ।













