बीमा क्षेत्रको हालसम्मकै सबैभन्दा ठूलो मुद्दा, ८१ विरूद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

२८ जेष्ठ २०८३, बिहीबार २१:१२

काठमाडौं । धितोपत्र बोर्ड अन्तर्गत बीमा क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो मुद्दा परेको छ । शेयर बजारमा प्रभावित हुने गरी कारोबार गरेको आरोपमा ८१ विरूद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ ।

कृत्रिम र झुठा कारोबार गरी धितोपत्रसम्बन्धी कानुनविपरीतको कसुर गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दायर भएको हो। धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरी बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो।

विशेष सरकारी वकिल कार्यालयले व्यवसायी दीपक भट्टसहित ८१ विरूद्ध विशेष अदालतमा को सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका आधारमा कार्यालयले ३५ प्राकृतिक व्यक्ति र ४ कम्पनीलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सम्पत्ति शुद्धीकरण मुद्दामा दिपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल र शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोर सहितलाई प्रतिवादी कायम गरिएको छ । सन्दीप चाचन ब्रोकिङ कम्पनी दलाल नम्बर ५५ को अध्यक्ष हुन् ।

हिमालयन रि–इन्स्योरेन्स सहितका कम्पनीहरूको रकम दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको कसुरमा भट्ट विरुद्ध २२ अर्ब बिगो कायम गरेर अभियोग दायर गरिएको सहन्यायाधिवक्ता गङ्गाराम पौडेलले बताए ।
भलत
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न दिपक भट्टलाई चैत १९ मा पक्राउ गरिएको थियो । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल चैत २२ मा पक्राउ परेका थिए ।

विशेष अदालतमा अभियोगपत्र पेस भए पनि सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको अदालतका सूचना अधिकारी पार्वती हिटानले जानकारी दिइन्।

यस मुद्दामा कुल बिगो रकम २२ अर्ब ३९ करोड रुपैयाँ रहेको विशेष सरकारी वकिल कार्यालयका एक न्यायाधिवक्ताले जानकारी दिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*