नेपाल फाइनान्सको लिलामी शेयरको बोलपत्र खुला
२९ जेष्ठ २०८३, शुक्रबार १०:१६

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको ६ लाख ३२ हजार ९७१.१८७ कित्ता संस्थापक शेयर खरीदका लागि आज (जेठ २९) बाट बोलपत्र खुला भएको छ। बोलपत्र असार १२ गतेसम्म खुला रहनेछ।
यसमा सबैले बोलपत्र पेश गर्न सक्नेछन्। शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढी १० अंकले भाग जानेगरी सम्पूर्ण कित्तासमेत माग गर्न सकिनेछ।
बोलपत्र फाराम काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) का साथै नेपाल फाइनान्सको कमलादीस्थित केन्द्रिय कार्यालय, बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालय र प्रभु बैंकको विराटनगर, वीरगंज, पोखरा, नेपालगंज, सुर्खेत र धनगढी शाखा कार्यालमा प्राप्त गर्न र बुझाउन सकिनेछ।












