सुनको मूल्यमा उच्च वृद्धि, शुक्रबार प्रतितोला कति ?
२९ जेष्ठ २०८३, शुक्रबार १०:४३

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा १९० रुपैयाँले बढेर प्रतितोला चार हजार ८४० रुपैयाँमा किनबेच भइरहेको हो ।












