महिला लघुवित्तको कामु सीईओमा दिवस राज ओली नियुक्त
२९ जेष्ठ २०८३, शुक्रबार ११:०५

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिवस राज ओली नियुक्त भएका छन्।
संस्थाको जेठ २८ गते बसेको ११८औं सञ्चालक समिति बैठकले ओलीलाई कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।
हाल संस्थामा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत ओलीलाई असार १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि उक्त जिम्मेवारी सुम्पिएको संस्थाले जनाएको छ।












