सुस्तामा भारतीय सुरक्षाकर्मी प्रवेश गरेपछि स्थानीयले लखेटे

२९ जेष्ठ २०८३, शुक्रबार १२:२६

काठमाडौँ ।  पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी नेपाली भूभागतर्फ गस्तीमा आएपछि स्थानीयले लखेटेका छन्।

स्थानीयका अनुसार सीमा क्षेत्रमा रहेको खोला तरेर हतियारसहित भारतीय सुरक्षाकर्मी नेपालतर्फ प्रवेश गरेका थिए। उनीहरू नेपाली क्षेत्रमा आएपछि स्थानीयले कारण सोध्दै रोक्न खोजेका थिए। तर अटेरी गरेपछि स्थानीय बासिन्दा एकजुट भएर प्रतिकारमा उत्रिएका थिए।

स्थानीयको विरोध र प्रतिकारपछि भारतीय सुरक्षाकर्मी फर्किन बाध्य भएको बताइएको छ। घटनाका क्रममा केही समय सीमा क्षेत्रमा तनावपूर्ण अवस्था बनेको थियो।

यसअघि पनि भारतीय सुरक्षाकर्मीले उक्त क्षेत्रमा निर्माणाधीन तटबन्धको काममा अवरोध गरेको स्थानीयको दाबी छ। केही दिनअघि भारतीय पक्षले तटबन्ध निर्माण रोक्न दबाब दिएको र तटबन्धको १३२ मिटर क्षेत्रमा निर्माण कार्य नगर्न आग्रह गरेको स्थानीयले बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*