गार्डियन माईक्रो लाइफमा पौने तीन करोडको घोटला, अध्यक्ष, सिईओदेखि उच्च पदाधिकारीहरुको बदमासी

२९ जेष्ठ २०८३, शुक्रबार १२:५०

काठमाडौं । गार्डियन माईक्रो लाइफमा पौने तीन करोडको घोटला भएको पाइएको छ। गार्डियन माईक्रो लाइफका अध्यक्ष, सिईओदेखि उच्च पदाधिकारीहरुको मिलोमतोमा दुई करोड अठहत्तर लाख छयानब्बे हजार तीन सय छयहत्तर रूपैया पचास पैसा घोटला गरेको सरकारी वकिलको अध्ययन रिर्पोटमा देखिएको छ। जुन धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ बमोजिमको कसूर भएको प्रमाणित भईसकेको छ।

कम्पनीले आरोपित अन्य ब्यक्ति तथा संस्थाहरुसँग मिलेर लगानीकर्ता तथा समग्र धितोपत्र बजारलाई झुक्याउने तथा योजना बनाउने काम गरेको देखिएको धितोपत्रको कसुर सम्बन्धी अनुसन्धानमा देखिएको छ।

जसबाट धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ बमोजिमको कसूर भएको पुष्टि हुन्छ । तसर्थ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि. का तत्कालिन पदाधिकारीहरू उदिप श्रेष्ठ, जय प्रकाश जयसवाल, उदयनारायण भट्टराई, त्रिशिला झुनझुनवाला, प्रमोद प्रसाद भट्टराई, ज्योती अग्रवाल, नवराज मुडभरी, चिरायू भण्डारी, ज्योती प्रकाश पाण्डे, समिर खरेल तथा सम्बद्ध संस्था (कम्पनी) हरू एक आपसमा मिलि झूठा कारोबार गरी कसूर गरी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि. लाई दुई करोड अठहत्तर लाख छयानब्बे हजार तीन सय छयहत्तर रूपैया पचास पैसा हानी नोक्सानी पुरÞ्याएको देखिएको उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*