बीमाको इतिहासमा सबैभन्दा ठूलो घोटाला, बीमा प्राधिकरणका दुई अध्यक्षसहित ४२ विरुद्ध मुद्दा (पूर्णपाठ सहित)

२९ जेष्ठ २०८३, शुक्रबार १४:२०

काठमाडौं । नेपालको बीमा इतिहासमा सबैभन्दा ठूलो घोटाला काण्डको छानविन टुंगिएको छ । नेपाल प्रहरीको सिआईबीले गरेको छानविन पछि हिजो जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । नेपाल बीमा प्राधिकरणका भूतपूर्व दुई अध्यक्षद्वय मदन दाहाल र शरद ओझासहित ४२ जना विरुद्धमा बीमा ऐन २०७९ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको हो ।

नियामकीय अधिकारको दुरुपयोग गरेको आरोपमा नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष मदन दाहाल र शरद ओझा विरुद्ध सरकारी वकिलले अदालतमा बीमा कसुरकको मुद्दा दायर गरेको छ ।

बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष मदन दाहाल र शरद ओझाविरुद्ध बीमा कसुरको मुद्दा दायर भएको हो । ओझा फर्जी कागजात पेश गरेको भन्दै सरकारले नै बर्खास्त गरेका पूर्व अध्यक्ष हुन् भने मदन दाहाल नेपाल सरकार अर्थमन्त्रालय अन्तर्गतका सह सचिव हुन् ।

नेपाल प्रहरीको सिआईबीले गरेको छानविनको क्रममा मुख्य अभियुक्तहरु दिपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतका अन्य अभियुक्तहरुसँग मिलेर पूर्व दुई अध्यक्षहरुले नियामकीय त्रुटी गरेर मतियार बनेको आरोप प्रहरीले अभियोगपत्रमा लगाएको छ । अभियोग पत्रमा बीमा प्राधिकरणका उच्च तहमा रहेका व्यक्तिहरुले स्वविवेकीय अधिकार दुरुपयोग गरी अपराध कार्यमा सहयोग गरेको गम्भिर अभियोग लगाइएको छ ।

नेपाली बीमा इतिहासमा सबैभन्दा ठूलो घोटाला काण्डको रुपमा यस घटनाको छानविनलाई हेरिएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको तीन अर्ब रुपैयाँ भन्दा बढि रकम दुरुपयोग गरी व्यक्ति रुपमा शेयर खरिद गरेको, हिमालयन रि इन्स्योरेन्सलाई बलियो बनाउन नेपाल पुनर्बीमा कम्पनीलाई नीतिगत चपेटामा पारिएको, नेपाल पुनर्बीमा कम्पनीको शेयर सेटिङमा एकीकृत गरि कब्जा गर्न खोजिएको, गार्डियन माइक्रो लाइफ क्रेष्ट माइक्रो लाइफ, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, लिबर्टी माइक्रो, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको पैसा दुरुपयोग गरी आन्तरिक शेयर कारोबार गरिएका जस्ता गम्भिर अपराधहरुको नेपाल प्रहरीको सिईआईबीले एक एक गरेर केलाएको थियो ।

सो क्रममा कूल हिमालयन रि इन्स्योरेन्स कम्पनीमा दुई अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ तीन पैसा, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा १६ करोड १७ लाख ४२ हजार ८७३ रुपैयाँ ८८ पैसा सहित कूल दुई अर्ब ८९ करोड ५० लाख ६८ हजार ३३ रुपैयाँ ९१ पैसा क्षति पुर्‍याएको अभियोगमा ४२ जना अभियुक्तहरुका विरुद्धमा हिजो काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

सो क्रममा प्रतिवादीहरुले नेपाल पुनर्बीमा कम्पनीको शेयर कब्जा गर्न खोजेको देखिन आएको छ । प्रहरी अनुसन्धानले हिमालयन इन्भेष्टमेन्ट बैंकर, हिमालयन सेक्युरिटिज बैंकर, एचएलआई लार्ज क्याप फण्ड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, लिबर्टी माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले करोडौं मूल्यका शेयर खरिद गरिएको पाइएको छ ।

मुद्दामा दोषी दावी गरिएका प्रतिवादीहरु
१) आशिष श्रेष्ठ, नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष
२) शेखर गोल्छा, हिमालयन रि इन्स्योरेन्स कम्पनीका अध्यक्ष
३) सुभाष बहादुर श्रेष्ठ, हिमालयन सेक्यरिटिजका सिईओ
४) दीपक भट्ट, लगानीकर्ता हिमालयन रि इन्स्योरेन्स र गार्डियन माइक्रो इन्स्योरेन्स
५) शुभल अग्रवाल, हिमालयन लाइफका अध्यक्ष, शंकर ग्रुप
६) उपासना पौडेल, हिमालयन रि इन्स्योरेन्स कम्पनी, सिईओ
७) मृगेन्द्र नाथ रिमाल, नेपाल माइक्रो इन्स्योरेन्सका सिईओ
८) सिद्धान्त झुनझुनवाल, नेपाल माइक्रो, सञ्चालक
९) लतिका गोल्यान, नेपाल माइक्रो इन्स्योरेन्स सञ्चालक
१०) सुनिता श्रेष्ठ, नेपाल माइक्रो, सञ्चालक
११) अनुप मालाकार, नेपाल माइक्रो सञ्चालक
१२) बद्रि सिग्देल, नेपाल माइक्रो सञ्चालक
१३) प्रविना दाहाल, नेपाल माइक्रो, सञ्चालक– लगानी समिति अध्यक्ष
१४) सुजल मल्ल, नेपाल माइक्रो, लगानी समिति सदस्य
१५) अमित मोर, सञ्चालक हिमालयन रि इन्स्योरेन्स
१६) शाहिल अग्रवाल, हिमालयन रि, लगानी समिति संयोजक
१७) रोहित गुप्ता, हिमालयन रि इन्स्योरेन्स, सञ्चालक
१८) राजीव मोर, हिमालयन रि, सञ्चालक
१९) शुभेच्छा खरेल, हिमालयन रि, सञ्चालक
२०) सुभाष कुमार झुनझुनवाला, हिमालयन रि, सञ्चालक
२१) मनिष कुमार, भारतीय नागरिक, हिमालयन रि, लगानी समिति सदस्य
२२) दीपक कुमार श्रेष्ठ, हिमालय सेक्युरिटी बैंकरका अध्यक्ष, हिमालयन रिका कर्मचारी
२३) सिताराम वाग्ले, हिमालय सेक्युरिटी बैंकर, सञ्चालक
२४) आकांक्षा गुप्ता, हिमालय सेक्युरिटी बैंकर सञ्चालक
२५) शिशिर गैरे, हिमालय क्यापसर्भका अध्यक्ष
२६) रितेश प्रधान, हिमालय क्यापसर्भ लि.का सिईओ
२७) कपिल कुमार दाहाल, हिमालयन इन्भेष्टमेन्ट बैंकरका अध्यक्ष, नेपाल हिमालयन लाइफका सिईओ
२८) राजन प्रसाद अधिकारी हिमालयन इन्भेष्टमेन्ट बैंकरका सञ्चालक
२९) बिदुर पुरी, मकवानपुर
३०) बिनु घिमिरे, हिमालयन इन्भेष्टमेन्ट बैंकरका सञ्चालक
३१) नारायण कुमार अधिकारी, हिमालयन इन्भेष्टमेन्ट बैंकरका सञ्चालक
३२) उत्सव प्रधानाङ्ग, हिमालयन इन्भेष्टमेन्ट बैंकरका सञ्चालक
३३) सुमेर शम्सेर जबरा, हिमालयन इन्भेष्टमेन्ट बैंकरका लगानी संयोजक
३४) सुभाष पौडेल, हिमालयन इन्भेष्टमेन्ट बैंकरका लगानी सदस्य
३५) शालिनी संघाई, हिमालयन इन्भेष्टमेन्ट बैंकर लगानी सदस्य
३६) प्रतिक जोशी, हिमालयन इन्भेष्टमेन्ट बैंकर लगानी सदस्य
३७) सन्दिप चाचन अग्रवाल, भृकुटी स्टक ब्रोकिङ कम्पनीका कार्यकारी अध्यक्ष
३८) सुभी अग्रवाल, शेयर कारोबारी
३९) ऋषिराज मोर, शेयर कारोबारकर्ता
४०) बिजय बहादुर शाह, जावलाखेल डिस्टीलरीका मालिक, शेयर कारोबारी
४१) शरद ओझा, बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष
४२) मदन दाहाल, सह सचिव तथा तत्कालिन अध्यक्ष बीमा प्राधिकरण

 

अभियोग पत्रको पूर्णपाठ

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*