हिमालयन लाइफका तत्कालिन अध्यक्ष र सिईओले जीवन बीमा कोषको रकम हिनामिना गरेको ठहर

काठमाडौं । हिमालयन लाइफका तत्कालिन अध्यक्ष शुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृत (सिईओ) ले जीवन बीमा कोषको रकम हिनामिना गरेको पाइएको छ।
दिपक भट्ट तथा सुलभ अग्रवाल समेतले तयार गरेको संस्थागत तथा व्यक्तिगत समूहहरुले नेपाल रि को शेयर मूल्य प्रभावित पार्न बजारमा आफुर्तिलाई संकुचन गर्ने र यसको लागि संस्थागत पब्लिक कम्पनी रकम दुरुपयोग गर्ने दुषित मनसाय राखि कार्य गरेको देखिन्छ ।
यो कार्यमा हिमालय लाइफलाई प्रमख खरिदकर्ता र विक्रिकर्ताको रुपमा प्रयोग गरेको देखिएको छ। कुल खरिद कित्ता मध्ये हिमालयन लाइफको ४४१२८ प्रतिशत र कुल विक्रि कित्ता मध्ये ४६१६३ प्रतिशत खरिद हिमालयन लाइफ एक्लैले गरेको देखिन्छ।
यस आधारमा आरोपीहरु हिमालयन लाईफका तत्कालिन अध्यक्ष सुलभ अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण समेतले विमा कोष रकमको चरम दुरुपयोग गरेको देखिएको छ ।












