विश्वभरका फेसबुकमा समस्या, आफै भयो लगआउट

काठमाडौं । विश्वभरका फेसबुकहरुमा समस्या देखिएको छ । नेपाली समय अनुसार आज साँझदेखि फेसबुकमा एकाएक समस्या देखिएको हो ।
स्थानीय समय अनुसार जुन १२ गते ९ः३० इटी टाइम अनुसारदेखि फेसबुकमा समस्या उत्पन्न भएको थियो । केही मिनेटको अवधीमा फेसबुकमा एक लाखभन्दा बढि प्रयोगकर्ताहरुले समस्या आएको गुनासो गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
नेपालमा पनि फेसबुक एकाएक लगआउट हुने समस्या उत्पन्न भएको छ । कतिपय फेसबुक एप चलिरहेको भएपनि म्यासेन्जर एप बन्द भएको छ ।
लगआउट भएपनि पुनः लगइन गर्दा समस्या देखाएपछि मानिसहरुले अप्ठेरो महसुस गरिरहेको गुनासो गरेका छन् ।
न्यूयोर्कपोष्टले फेसबुकको सर्भरमा समस्या आएर प्रयोगकर्तालाई अप्ठेरो भएको हो । कुनै ह्याक भएको होइन । विश्वभरका प्रयोगकर्ताहरु आफ्नो फेसबुक ह्याक भएको हो कि भनेर चिन्तित छन् । तर, ह्याक भएको कुनै तथ्य प्रमाण फेला परेको छैन ।












