नाडेप लघुवित्तको साधारणसभाको मिति तय

३१ जेष्ठ २०८३, आईतवार ०७:१९

काठमाडौं ।  नाडेप लघुवित्तको साधारणसभाको मिति तय भएको छ ।लघुवित्तको असार २२ गते वार्षिक साधारणसभाको मिति तय भएको हो ।

जेठ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नौविसे एग्रो रिसोर्ट, धादिङमा विहान ११ बजे सभा गने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८१र८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

संस्थापकतर्फबाट चार जना र सर्वसाधारणतर्फबाट एक जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । यस वर्ष पनि कम्पनीले लाभांश प्रस्थाव राखेको छैन् । आर्थिक वर्ष ७७/७८ पछि कम्पनीले लगातार शेयरधनीहरुको हात खाली बनाउँदै आएको छ । उक्त वर्ष कम्पनीले कुल २१ दशमलव शून्य ५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सभाले शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव राखेको कम्नपीले अन्य कुनै वित्तीय संस्थासँग मर्जर र प्राप्ति गर्न प्रस्ताव आएमा त्यसका लागि सम्पूर्ण काम गर्ने जिम्मेवारी सञ्चालक समितिलाई तोकनेछ । सभा प्रयोजनका लागि असार ११ गते एक दिन बुक क्लोज गर्न लागिएकाले असार १० गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*