विश्वकै ठूलो आईपिओबाट ट्रिलियनर बने एलन मस्क, स्पेशएक्सको बजार पुँजिकरण १७.७ खर्ब नाघ्यो

काठमाडौं । स्पेश एक्सको आईपिओ जारी प्रक्रिया पुराभएसँगै विश्वकै पहिलो ट्रिलियनियर बन्न सफल भएका एलन मस्क । विश्वकै प्रतिष्ठित प्रविधि उद्यमी एलन मस्क कागजी रूपमा संसारकै पहिलो ‘ट्रिलियनियर’ बन्न सफल भएका छन् । मस्कको नेतृत्वमा रहेको अन्तरिक्ष प्रविधि कम्पनी ‘स्पेसएक्स’ सर्वसाधारणका लागि आईपिओ जारी गरेर स्टक मार्केटमा सूचिकरण भएसँगै यसको मूल्याङ्कनमा आएको ऐतिहासिक उछालले यो नयाँ वित्तीय इतिहास रचेको हो ।
यद्यपि यसलाई केहीले ओभर भ्यालुड गरिएको भन्ने आरोप समेत लगाएका छन् । कम्पनीको कूल बजार पुँजिकरण १.७७ ट्रिलियन रेकर्ड गरिएको छ । यद्यपि ब्लूम्बर्गले यसलाई ओभरभ्यालुड गरिएको भन्दै समाचार प्रकाशित गरेको छ । नाफामा नभएको कम्पनीको शेयर मूल्य आकासिएसँगै यसलाई आलोचनात्मक कोणबाट हेरिएको छ ।
स्पेसएक्सको प्राथमिक सेयर निष्कासनका कारण सो मूल्याङ्कन सम्भव भएको हो । उक्त आईपीओ मार्फत कम्पनीले बजारबाट करिब ७५ अर्ब डलर संकलन गरेको छ, जसले स्पेसएक्सलाई इतिहासकै सबैभन्दा मूल्यवान् निजी–उत्पत्तिका कम्पनीहरूको शीर्ष स्थानमा उभ्याएको छ ।
गत शुक्रबार अमेरिकी स्टक मार्केट नास्दाक स्टक एक्सचेन्जमा स्पेश एक्सको शेयर सूचिकरण गरिएको थियो । प्रतिशेयर १३५ डलर मूल्य तोकेर आह्वान गरिएको आईपिओमा माग भन्दा तीन गुणा बढि ओभर सब्स्क्राईब भएको थियो । स्पेश एक्सले ५५ करोड ५५ लाख ५५ हजार ५५५ कित्ता शेयर सर्वसाधारणलाई बिक्री विरतण गरेको हो । सो मध्ये ३० प्रतिशत सर्वसाधारणलाई कोटा निर्धारण गरिएको थियो भने बाँकी ७० प्रतिशत ठूला औद्योगिक प्रतिष्ठानलाई छुट्याइएको थियो ।
रोचक कुरा के छ भने स्पेशएक्स नाफामा गएको कम्पनी होइन । अमेरिकी धितोपत्र बोर्डका एसईसीमा पेश गरिएको कागजात अनुसार हालको नाफालाई हेरेर कम्पनीमा लगानी गरिएको होइन कि बरु भविष्य हेरेर उक्त कम्पनीको आईपिओ जारी गरिएको हो । कम्पनीले भुउपग्रह प्रक्षेपणमा गरेको लगानीका कारण कम्पनीको ठूलो खर्च धान्न निकै महंगो मूल्य चुकाउनु परिरहेको छ ।
हिलो दिनमै कम्पनीको शेयर १३५ डलरबाट बढेर १५० डलर पुगिसकेको छ । उक्त कम्पनीको शेयर अझै बढ्ने विश्वास गरिएको छ । एलन मस्कसँग स्पेश एक्सको ४२ प्रतिशत शेयर रहेको छ । उनले आईपिओबाट ७५ अर्ब डलर रुपैयाँ संकलन गरेका थिए । तर, आईपिओ परेकाहरुले एकै दिन मालामाल बनेका छन् । १३५ डलरमा किनेको आईपिओ १५०.९५ डलर पुगेसँगै उनीहरु मालामाल बनेका हुन् ।
यससँगै स्पेशएक्समा ट्रम्पको कूल शेयरको बजार मूल्य ८०० बिलियन अर्थात नेपाली रुपैयाँ ११०० खर्बभन्दा बढि हुन पुगेको छ । मस्कको टेस्ला कम्पनीमा करिब २९० बिलियन लगानी छ । सो सहित उनको कूलय सम्पत्ति ११०० बिलियन पुगेको हो ।
कतिपयले उनको यो छलाङलाई मस्कोनोमी नाम दिएका छन् । स्टारलिङ्क स्याटेलाईटमा आधारित इन्टरनेट सेवा प्रवाह गरेर मस्कले विश्वलाई चकित तुल्याईदिएका छन् । अहिले विश्वमा दुई तरिकाले इन्टरनेटको प्रवाह भइरहेको छ । पहिलो समुन्द्रमुनी बिछ्याइएको अप्टिकल फाइबर हो भने दोस्रो मस्कको स्टारलिङ्क ।
ब्लुम्बर्ग, रोयटर्ससहितका अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा तयार गरिएको सामग्री ।












