नक्कली नोटसहित एकजना महिला पक्राउ
३१ जेष्ठ २०८३, आईतवार १०:११

काठमाडौं । प्रहरीले ५०० दरको १९ थान नक्कली नोट सहित एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तुको शिवारज नगरपालिका–२ हल्लानगर बस्ने ४५ वर्षीया बबिता थापा रहेकी छन्।
वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त नक्कली नोटसहित फेला पारी शुक्रबार राति पक्राउ गरेको हो। हाल उनलाई हिरासतमा राखेर यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।












