वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुनको कति ?

काठमाडौं ।वाणिज्य बैंकहरूले असार १ गतेदेखि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरको छ। नयाँ आर्थिक बर्षमा अधिकांश बैंकहरूले जेठ महिनाकै दरलाई निरन्तरता दिएको प्रकाशित सार्वजनिक ब्याजदरले देखाएकोछ ।
तर बजारमा पर्याप्त तरलता रहेको कारण बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।
बैंकिङ क्षेत्रमा पछिल्लो समय निक्षेपको वृद्धिदर सन्तोषजनक रहँदा कर्जाको माग अपेक्षाकृत कमजोर देखिएको छ।
यही अवस्थालाई ध्यानमा राख्दै पाँच बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर केही बिन्दुले घटाएका हुन् ।
असारका लागि एनआइसी एसिया, एनएमबि, प्राइम, हिमालयन र स्टान्डर्ड चार्टर्ड बैंकले मुद्दतीको ब्याजदर घटाएका छन् ।
ब्याजदर स्थिर राख्ने बैंकहरूले भने बजारको वर्तमान अवस्थालाई मूल्यांकन गर्दै तत्काल दर परिवर्तन आवश्यक नभएको निष्कर्ष निकालेका छन्। बैंकहरूको निर्णयले निक्षेपकर्ताले प्राप्त गर्ने प्रतिफलमा केही प्रभाव पार्ने भए कर्जाको लागतमा भने तत्काल ठूलो परिवर्तन नदेखिने विश्लेषण गरिएको छ।













