भूमि प्रशासन कार्यालय मनाङका नासु घुस सहित रंगेहात पक्राउ

३१ जेष्ठ २०८३, आईतवार ११:५६

काठमाडौं । भूमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायब सुब्बा (नासु) ज्ञानराज कण्डेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शनिबार घुस सहित रंगेहात पक्राउ गरेको छ।

नासु कण्डेलले जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको सूचना प्राप्त भएपछि पोखरास्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनीमाथि निगरानी गरेको थियो।

निगरानीको क्रममा उनले सेवागा्रहीबाट ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम सहित रंगेहात पक्राउ गरेको हो। पक्राउ परेका उनलाई खानतलासीको क्रममा स्रोत नुखेलेको २१ हजार ७० रुपैयाँ पनि अख्तियारले फेला पारेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*