कुमारी बैंकको व्यक्तिगत निक्षेपको ब्याजदर घट्यो

३१ जेष्ठ २०८३, आईतवार १२:५१

काठमाडौं । कुमारी बैंक लिमिटेडले असार महीनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर ०.०५ प्रतिशतले घटाएको छ। बैंकले असार १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो।

अब बैंकले असारमा व्यक्तिगत निक्षेपको ब्याजदर न्यूनतम २.८० प्रतिशतदेखि अधिकतम ३.९१ प्रतिशतसम्म दिने भएको छ भने संस्थागततर्फ न्यूनतम २.७५ प्रतिशत र अधिकतम ३.०१ प्रतिशत दिने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*