बीमा प्राधिकरण मधेश प्रदेशले भोलि अभिकर्ता परीक्षा सञ्चालन गर्दै

३१ जेष्ठ २०८३, आईतवार १५:५९

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय, वीरगंज–पर्साले भोलि असार १ गते सोमबार जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ।

बीमा ऐन, २०७९ को दफा ९२ (२) मा उल्लेख गरिएको “बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिम परीक्षा उत्तीर्ण गरेको हुनु पर्ने” व्यवस्था बमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन गर्न लागेको हो।

परीक्षा सोमबार दिउँसो २ बजेदेखि शुरू भएर ३ः३० (साढे तीन) बजेसम्म सञ्चालन हुने प्राधिकरणले जनाएको छ। परीक्षामा नेपालभरबाट परीक्षार्थीहरू समावेभ भएर परीक्षा दिन सकिने पनि कार्यालयले बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*