इभी गाडीमा बीमाको प्रिमियम नबढाए बीमा कम्पनीहरु नै जोखिममा पर्ने निष्कर्ष

३१ जेष्ठ २०८३, आईतवार १८:५४

काठमाडौं । विद्युतीय सवारी साधनहरुको बीमा प्रिमियम शुल्क बृद्धि नगरेमा बीमा क्षेत्र नै जोखिममा पर्नसक्ने चिन्ता सरोकारवालाहरुले व्यक्त गरेका छन् । काठमाडौंमा आज बीमा सर्भेयर संघले आयोजना गरेको कार्यक्रममा यस्तो जोखिम औल्याइएको हो ।

नेपाल इन्स्योरेन्स सर्भेयर संघ (निसा) ले आयोजना गरेको ‘विद्युतीय सवारी (ईभी) बीमा दाबी विवाद व्यवस्थापनः वर्तमान चुनौती र उदीयमान प्रवृत्तिहरू’ विषयक एक दिने कार्यक्रममा यस्तो निष्कर्ष प्रस्तुत गर्दै तत्काल नियामकीय कदम चाल्न आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

सन् २०२३ देखि इभी गाडीको बीमाको मूल्यमा हेरफेर गर्न बेला बेलामा छलफलहरु भएपनि हालसम्म कुनै पनि निष्कर्ष निस्कन सकेको छैन । जसले निर्जीवन बीमा क्षेत्र जोखिमयुक्त बन्न पुगेको छ । कार्यक्रममा सर्भेयर इन्जिनियर बुद्धि तामाङले कार्यपत्र प्रस्तुती सहित सवारी (ईभी) बीमा दाबी विवाद व्यवस्थापनः वर्तमान चुनौती र उदीयमान प्रवृत्तिहरू’को बिषयमा तालिम दिएका थिए ।

उनले कार्यक्रममा इभी गाडीको बीमा जति भएको छ, त्यति नै मात्रामा दाबी परेको कारण अब पनि इभी गाडीमा प्रिमियम वृद्धि नभएको निर्जिवन बीमा क्षेत्रमा ठूलो संकट उत्पन्न हुने बताएका छन् । इभी गाडीको प्राइस जोखिम हेरेर मूल्यांकन नगरे अबको दिनमा निर्जिवन बीमा कम्पनीहरुमाथि संकट आउने बताउछन् । बीमा प्राधिकरण, नाइमा, नाडा बीमक र निसाको कमिटिसँग बसेको छलफलमा इभी गाडीको नयाँ मूल्य निधारण गर्ने कमिटि गठन भईसकेको उनले कार्यक्रममा भने । उक्त ड्राफट कार्यान्वयनमा आए बीमा क्षेत्रमा केही राहत हुने उनी बताँउछन्।

त्यस्तै, निर्जिवन बीमा कम्पनीहरुमा इभी गाडीमा पछिल्लो समय गरिने फ्रर्ड, सर्भेयरले ध्यान दिनुपर्ने कुरा, ब्याटीको अवस्था, नियामकिय नियमन, आगामी रणनिति कस्तो हुनुवर्छ देखि क्षति मूल्यांकनको बिषयसम्म उक्त कार्यक्रममा छलफल भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*