हिमालयन डिष्टिलरीको सीईओमा सुवेदी दोहोरिए
१ असार २०८३, सोमबार १०:३९

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज सुवेदी दोहोरिएका छन्।
उनको सेवा अवधि यही असार मसान्तसम्म मात्रै रहेकोमा कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुने गरी आगामी ५ वर्षसम्मका लागि पुनर्नियुक्ति गर्ने निर्णय गरेको हो।












