सुनको मूल्यमा उच्च वृद्धि, सोमबार प्रतितोला कति पुग्यो ?
१ असार २०८३, सोमबार १०:४५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । सुन एकैदिन तोलामा पाँच हजार रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा १२० रुपैयाँले बढेर प्रतितोला पाँच हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।












