६९ अर्बको आईपीओ पाइपलाइनमा, बोर्डको अध्यक्ष नियुक्त नहुँदा स्वीकृति रोकियो

१ असार २०८३, सोमबार १३:५२

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोनमा) १०४ कम्पनीहरूको ६९ अर्ब ३० करोड ७७ लाख ४५ हजार १९६ रुपैयाँ बराबरको आईपीओको निष्काशन प्रक्रिया रोकिएको छ।

सरकाले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेश ल्याएर राजनीतिक नियुक्ति पाएकालाई पदमुक्त गर्ने तयारी गरेसँगै बोर्डका तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वैशाख ४ गते राजीनामा दिएका थिए। उनले राजीनामा दिएसँगै धितोपत्र बोर्डको अध्यक्ष पद हालसम्म रिक्त रहेको छ।

अध्यक्ष पद रिक्त भएसँगै कम्पनीहरूको आईपीओ स्वीकृति प्रक्रिया पनि रोकिएको छ। हालसम्म धितोपत्र बोर्डमा १०४ वटा कम्पनीहरूले आईपीओ निष्काशनका लागि अनुमति माग गर्दै बोर्डमा निवेदन दिएका छन्।

होटल तथा पर्यटन सेक्टरका १८ वटा कम्पनीहरू आईपीओ स्वीकृतिको पाइपलाइनमा रहेका छन्। यी कम्पनीहरूले ६ अर्ब ४५ करोड १३ लाख ९३ हजार रुपैयाँ बराबरको ५ करोड ८२ लाख १३ हजार ९३० कित्ता आईपीओ निष्काशनको अनुमति माग गरेका छन्।

यता हाइड्रोपावर सेक्टरबाट ३४ वटा कम्पनीहरूको आईपीओ पाइपलाइनमा रहेको छ। ३४ हाइड्रोपावर कम्पनीहरूले १७ करोढ १४ लाख ८३ हजार ७३६ कित्ता आईपीओ निष्काशनको अनुमति माग गरेका छन्। जसको मूल्य १७ अर्ब ५० करोड ३१ लाख ५ हजार ४३६ रुपैयाँ रहेको छ।

यता इन्भेस्टमेण्ट सेक्टरबाट ५ कम्पनीहरूले २ करोड १४ लाख ३७५ कित्ता आईपीओ निष्काशनको माग गरेका छन् जसको मूल्य ३ अर्ब ४१ करोड ६० लाख ३७ हजार ५०० रुपैयाँ रहेको छ। त्यसैगरी उत्पादन तथा प्रशोधन सेक्टरबाट पनि ३० वटा कम्पनीहरूको आईपीओ स्वीकृतिको पर्खाइमा रहेका छन्। सबै कम्पनीले स्वीकृति पाएमा ३५ अर्ब ३५ करोड २२ लाख ८८ हजार ६१० रुपैयाँ बराबरको १६ करोड ६४ लाख २५ हजार ५३ कित्ता आईपीओ निष्काशनमा आउनेछ।

यता माइक्रो इन्स्योरेन्स सेक्टरबाट पनि ३ वटा कम्पनीहरू ६७ लाख ५० हजार कित्ता आईपीओ स्वीकृतिको पर्खाइमा छन् जसको मूल्य ६७ करोड ५० लाख रुपैयाँ रहेको छ। अदर्स सेक्टरमा पर्ने १४ वटा कम्पनीहरूले दिएको आईपीओ निष्काशनको निवेदन पनि पाइपलाइनमै रहेको छ। यसमा ४ करोड ८६ लाख २१ हजार ६९ कित्ता पाइपलाइनमा छन् जसको मूल्य ५ अर्ब ९० करोड ९९ लाख २० हजार ६५० रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*