नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सूचीकृत
१ असार २०८३, सोमबार १४:४१

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको १९ लाख ८ हजार ९८८ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।
सूचीकृत भएसँगै अब कम्पनीको उक्त हकप्रद शेयर आगामी कारोबार दिनदेखि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।












