आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार
१ असार २०८३, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक १२.२६ अंकले घटेर २७११.७६ विन्दुमा कायम भएको छ। आज ४ अर्ब ४१ करोड २० लाख ४८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
जसमध्ये आँखुखोला जलविद्युत कम्पनी, १०.२५% एनबिबिएल डिबेञ्चर, लक्ष्मी सनराइज बैंक, एसवाई प्यानल नेपाल, रिलायन्स स्पिनिङ मिल्स, सिटि होटल लिमिटेडको शेयर सर्वाधिक कारोबार भएको छ।
त्यसैगरी सेन्ट्रल फाइनान्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर सर्वाधिक कारोबार भएको छ।













