कर्णाली डेभलपमेण्ट बैंकका बचतकर्ता सडकमा, निक्षेप फिर्ताको माग गर्दै माइतीघरमा प्रदर्शन

१ असार २०८३, सोमबार १६:३०

काठमाडौं । कर्णाली डेभलपमेण्ट बैंकमा जम्मा गरेको बचत रकम लामो समयदेखि फिर्ता नपाएको भन्दै पीडित बचतकर्ताहरूले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

बाँके, बर्दिया र दाङ जिल्लास्थित बैंकका १९ वटा शाखामा खाता रहेका बचतकर्ताहरू सोमबार काठमाडौंमा भेला भई आफ्नो बचत फिर्ताको माग गर्दै सडकमा उत्रिएका हुन्। उनीहरूले बैंकमा भएको अनियमितता तथा सम्बन्धित निकायको उदासीनताका कारण आफूहरूको बचत जोखिममा परेको गुनासो गरेका छन्।

प्रदर्शनका क्रममा बचतकर्ताहरूले ‘कर्णाली बैंक घोटालाका दोषीलाई कारबाही गर’, ‘संस्थाहरूको बचत फिर्ता गर’ र ‘जनताको निक्षेप तुरुन्त फिर्ता गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले आफ्नो मेहनतको कमाइ बैंकमा सुरक्षित हुने विश्वासका साथ जम्मा गरेको भए पनि लामो समयसम्म रकम फिर्ता नपाउँदा आर्थिक तथा मानसिक रूपमा समस्यामा परेको बताएका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*