मधेश प्रदेशको ४१ अर्ब १३ करोडको बजेट सार्वजनिक (पूर्णपाठ)

१ असार २०८३, सोमबार १७:५६

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेश सभाको बैठकमा मधेश प्रदेशका अर्थमन्त्री युवारज भट्टराईले बजेट प्रस्तुत गरेका हुन्।

आज सार्वजनिक गरिएको आगामी आवको बजेट चालू आवको बजेट ४६ अर्ब ५८ करोड रुपैयाँभन्दा करीब ५ अर्ब ४४ करोड रुपैयाँले कम हो। प्रस्तावित बजेटमध्ये चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ (३५.६४ प्रतिशत) र पूँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार रुपैयाँ (६४.३६ प्रतिशत) विनियोजन गरिएको छ।

बजेटको स्रोतका लागि आन्तरिक राजस्व तथा अन्य आन्तरिक स्रोतबाट ११ अर्ब २२ करोड ७५ लाख रुपैयाँ जुटाइने र संघीय सरकारबाट १२ अर्ब ८३ करोड रुपैयाँ राजस्व बाँडफाँडमार्फत प्राप्त हुने अनुमान छ। त्यस्तै संघीय सरकारबाट वित्तीय अनुदान बापत ९ अर्ब ४९ करोड ५९ लाख रुपैयाँ प्राप्त हुने र चालू आवको बाँकी नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ परिचालन गरिने तथा १ अर्ब ५० करोड आन्तरिक ऋण उठाउने लक्ष्य रहेको छ।

त्यसैगरी बजेटमा सङघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ८४ करोड ८५ लाख रुपियाँ, सशर्त अनुदान ८ अर्ब १० करोड २८ लाख रुपियाँ, समपूरक अनुदान ९४ करोड ७४ लाख रुपियाँ तथा विशेष समपूरक अनुदान ७० करोड रुपियाँ गरी कुल १७ अर्ब ५९ करोड ८७ लाख रुपियाँ प्राप्त हुने अनुमान बजेटमा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*