बागमती सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट

१ असार २०८३, सोमबार १७:५८

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँको कुल बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ ।

सोमबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ ले प्रस्तुत गरेको बजेटमध्ये चालु खर्चतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ३४.३१ प्रतिशत हो । पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ६५.६९ प्रतिशत हो ।

मन्त्री तामाङका अनुसार बजेटको स्रोततर्फ कर राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख ६८ हजार रुपैयाँ, अन्य राजस्वबाट ७ अर्ब ७३ करोड ९९ लाख १२ हजार रुपैयाँ तथा सङ्घीय वित्तीय हस्तान्तरणबाट १५ अर्ब ३१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यसैगरी चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको बचत तथा विविध प्राप्तिबाट १२ अर्ब ७६ करोड ७९ लाख ५३ हजार रुपैयाँ व्यवस्थापन गरिने उल्लेख छ । बाँकी ९६ करोड रुपैयाँ अन्य संस्थाबाट ऋण लगानी फिर्तामार्फत प्राप्त हुने सरकारको अनुमान छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*