विजय लघुवित्तले बोलायो साधारण सभा, हकप्रद निष्कासन प्रस्ताव पारित गर्ने

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १७औं वार्षिक साधारण सभा बोलाएको छ। असार १ गते बसेको सञ्चालक समितिको बैठकले असार २६ गते धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्टमा दिनको १ बजे बस्ने गरी आव्हान गरेको हो ।
उक्त सभामा संस्थाको कुल चुक्तापूँजीको ९.२२ प्रतिशतले हुने संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै शतप्रतिशत हकप्रद शेयर जारी गर्ने, संस्थाका प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गरी पूँजी संरचना परिवर्तन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनमा नियमनकारी निकायबाट कुनै आवश्यक संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि संस्थाले असार ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।












