अमेरिकामा बी–५२ बम्बर विमान दुर्घटनाग्रस्त, आठ जनाको मृत्यु

२ असार २०८३, मंगलवार १३:४०

काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एडवाड्र्स वायुसेना आधार शिविरबाट उड्नेबित्तिकै अमेरिकी वायुसेनाको बी–५२ बम्बर विमान दुर्घटनामा परेको छ। दुर्घटनामा परी विमानमा सवार आठ जनाको मृत्यु भएको छ।

सोमबार स्थानीय समयअनुसार बिहान ११ः२० बजे नियमित परीक्षण उडानका क्रममा विमान दुर्घटनामा परेको अमेरिकी वायुसेनाले जनाएको छ। दुर्घटनापछि विमानमा भीषण आगलागी भएको थियो भने घटनास्थल बाक्लो कालो धुवाँले ढाकिएको थियो।

दुर्घटनामा सैनिक, सरकारी कर्मचारी तथा सरकारी ठेकेदारसहित आठ जनाको मुत्यु भएको छ। मृतकमध्ये दुई जना बोइङ कम्पनीका कर्मचारी रहेका छन्।

विमान उड्नेबित्तिकै रनवे क्षेत्रमा खसेर आगो लागेको थियो। दुर्घटना अत्यन्तै गम्भीर भएकाले कसैको पनि ज्यान जोगिन नसकेको प्रारम्भिक निष्कर्ष निकालिएको छ। दुर्घटनाको यकीन कारण अझै खुल्न सकेको छैन।

बी–५२ स्ट्राटोफोट्र्रेस अमेरिकी सेनाले सन् १९५० को दशकदेखि प्रयोग गर्दै आएको लामो दूरीका लागि प्रयोग गरिने बमवर्षक विमान हो। यसले ठूलो मात्रामा घातक तथा आणविक हतियार बोक्न सक्ने क्षमता राख्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*