मंगलबार यी १० कम्पनीका लगानीकर्ता कमाए सर्वाधिक
२ असार २०८३, मंगलवार १५:१३

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३१ अकंले घटेर २७०५.४५ बिन्दुमा कायम भएको हो ।
आज ३५५ कम्पनीको १ करोड ७ लाख ८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ७८ लाख रुपैयाँको कारोबार भएको हो ।
आज दुई कम्पनीको शेयरमा सर्किट लागेको छ । आज सोपान र एपोलो हाइड्रोपावरको शेयर मूल्यमा सर्किट लागेको हो ।
साथै, दोल्ती पावरको ६.६१ प्रतिशत, बुंगल हाइड्रोको ५.३५ प्रतिशतले शेयर मूल्य बढेको छ ।













