नेपाल रिका अध्यक्षले पाए नेप्सेको अध्यक्षको जिम्मेवारी

२ असार २०८३, मंगलवार २१:२५

काठमाडौं । नेपाल रिका अध्यक्ष अमृत लम्सालले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षको जिम्मेवारी पाएका छन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।

यसअघिका अध्यक्षले वैशाख १५ मा राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा लम्साललाई ल्याइएको हो। लम्साल हाल अर्थ मन्त्रालयको महाशाखा प्रमुखका साथै नेपाल रिइन्स्योरेन्समा अध्यक्ष र नेपाल बैंकमा समेत महत्त्वपूर्ण जिम्मेवारीमा छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*