कुथेली बुखरी स्मल हाइड्रोपावरको लकइन अवधि सकिंदै

३ असार २०८३, बुधबार १०:१२

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको १२ लाख ९ हजार १६९.५० कित्ता शेयरको लइकन अवधि आउँदो साउन ६ गते सकिंदैछ।

संस्थापक शेयरधनीतर्फको १० लाख ७२ हजार ४३४ कित्ता, संस्थाका कर्मचारीतर्फको २ हजार ६८०.७० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको १ लाख ३४ हजार ५४.८० कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो।

सर्वसाधारणमा आईपीओ निष्काशन गरी बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक, कर्मचारी र स्थानीय बासिन्दाको शेयर लकइनमा राख्नुपर्ने प्रावधान छ। लकइन अवधि समाप्त भएपछि उक्त शेयर कारोबार गर्न सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*