आजदेखि ५०० दरको नयाँ नोट प्रचलनमा आउने
३ असार २०८३, बुधबार ११:२८

काठमाडौं । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आज असार ३ गतेदेखि ५०० रुपैयाँ दरको साविककै आकार तथा रङ्गमा नयाँ नोटहरू प्रचलनमा ल्याउने भएको छ।
संकेत नम्बर झ/३८ ०००००१ देखि ट/८३ ९९९९९९ सम्म भएका ५०० दरको नयाँ नोट प्रचलनमा ल्याउने भएको हो। नयाँ नोटमा कुनै फेरबदल गरिएको छैन भने नोटमा गभर्नर प्रा.डा विश्वनाथ पौडेलको हस्ताक्षर रहनेछ।
यसअघि २०७८ साल पुस ९ गतेदेखि रुपैयाँ ५०० दरको बैंकनोट संकेत नम्बर छ/३८ ०००००१ देखि झ/४२ ९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनिएकोमा संकेत नम्बर छ/३८ ०००००१ देखि झ/३७ २४८००० सम्म मात्र चलनचल्तीमा ल्याइएको थियो।













