नापी कार्यालय चावहिलका अमिन घुस सहित पक्राउ

३ असार २०८३, बुधबार ११:५७

काठमाडौं । नापी कार्यालय चावहिल २ नम्बर नापी टोलीका अमिन टोप जंग खत्रीलाई घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ।

अमिन खत्रीले हालसाविक गरी जग्गाधनी पूर्जा बनाइदिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको सूचना प्राप्त भएपछि अख्तियारको कार्यालय टंगालबाट टोली खटिएर गएको थियो।

अमिन खत्रीले सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम सहित काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ माकालवारीस्थित कार्यालय परिसरबाट असार २ गते पक्राउ गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*