ऊर्जा र आर्थिक विकासमा जर्मनीको साथ, दुई वर्षका लागि ३ करोड ७६ लाख युरो सहयोग

३ असार २०८३, बुधबार १८:४२

काठमाडौँ । संघीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि ३ करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

मंगलबार सम्पन्न नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी द्विपक्षीय वार्तामा जर्मनीले उक्त सहयोग घोषणा गरेको हो। वार्तामा दुवै देशले ऊर्जा, दिगो आर्थिक विकास तथा स्वास्थ्य क्षेत्रलाई आगामी सहकार्यका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने सहमति गरेका छन्।

यहाँस्थित जर्मन दूतावासका अनुसार सहयोग रकम नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको प्रवर्द्धन, विद्युत् वितरण प्रणालीको सुदृढीकरण, हरित तथा उत्थानशील कृषि विकास, राजस्व क्षेत्र सुधार, गुणस्तरीय पूर्वाधार निर्माण, लैंगिक समानता प्रवर्द्धन, दिगो आर्थिक विकास तथा वित्तीय पहुँच विस्तारलगायतका क्षेत्रमा परिचालन गरिनेछ।

वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्माले गरेका थिए। जर्मन प्रतिनिधिमण्डलको नेतृत्व जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी संघीय मन्त्रालय (बीएमजेड) को दक्षिण एसिया महाशाखा प्रमुख बार्बरा शेफरले गरेकी थिइन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*