नेशनल हाइड्रोपावरको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले यही असार ३१ गते बुधबार काठमाडौंको कालिकास्थानस्थित अमृत भोग क्याटेरिङ्गमा बिहान ११ बजेदेखि २९औं वार्षिक साधारणसभा आह्वान गरेको छ।
उ्रक्त साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ। त्यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित गत आवको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवह विवरणसँग सम्बन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गरिनेछ।
त्यस्तै चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिमा एक जना महिला सहित ७ जना सञ्चालकको निर्वाचन गर्ने एजेण्डा पनि रहेको छ। साधारणसभा प्रयोजनार्थ कम्पनीले असार १६ गते एक दिनका लागि बूक क्लोज गर्ने भएको छ। यसर्थ असार १५ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।











