बालेनमाथि संसदीय छानविन हुनुपर्ने कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बालेन्द्र शाहमाथि संसदीय छानविन हुनुपर्ने माग अघि सारेको छ । प्रधानमन्त्री कार्यालयमा दुई दिन पहिले अख्यितारका प्रमुख प्रेम राई सहितका संवैधानिक निकायका पदाधिकारीहरुलाई बालेन्द्र शाहले तथानाम गाली मात्रै नभई सुन्नै नसकिने गरी गाली गरेर धम्क्याएको बिषयमा नेपाली कांग्रेसका नेता नरेन्द्र कुमार केरुङले गम्भिर प्रश्न उठाएका छन् ।
आजको संसद सुरु भए लगत्तै संवैधानिक निकायका प्रमुखलाई प्रधानमन्त्री कार्यालयमै थुन्ने धम्की दिएर राहदानी विभागका कर्मचारीलाई पक्राउ गर्न बाध्य पारिएको भन्ने बिषयमा बालेन्द्र शाहमाथि संसदीय छानविन हुनुपर्ने माग गरेका हुन् ।
संवैधानिक निकायका पदाधिकारीमाथि प्रधानमन्त्री कार्यालयभित्र हुर्मत लिने जस्ता जंगली कार्यहरु हुने गरेको भन्दै पत्रकार सिताराम बरालले हिजो राति खुलासा गरेका थिए । सो भिडियो पत्रकार किशोर श्रेष्ठले शेयर गरेपछि हिजै रातिदेखि हंगामा मच्चिँदै आएको छ । बालेन्द्र शाहमाथि नै संसदीय छानविन हुनुपर्ने पत्रकार सिताराम बरालले पनि माग गरेका छन् ।











