दिपक भट्टको ६ करोडको गाडी जफत

काठमाडौं । दिपक भट्टको ६ करोड ३० लाख पर्ने ‘१’ नम्बरको गाडी जफत गरिएको छ । यो मोडेलको लागि, बेस भोगमा २९९६ सीसी ६–सिलिन्डर माइल्ड–हाइब्रिड पेट्रोल इन्जिन रहेको छ र यो प्रिमियम लक्जरी गाडी हो ।
व्यवसायी दीपक भट्टलाई थुनामा राख्न विशेष अदालतले आदेश दिएको छ । सम्पत्ति शुद्धिकरण मुद्दामा हिजो भएको थुनछेक आदेशपछि व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा गईसकेको छ।
बिशेष अदालतका न्यायाधीशहरु सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले उनीहरुलाई थुनामा पठाउन आदेश दिएको हो ।
हिमालयन रि इन्स्योरेन्स कम्पनीको लगानी दुरुपयोग गरेको, नेपाल रि इन्स्योरेन्सको शेयर योजनाबद्ध खरिद गरेको लगायतका आरोपमा नेपाल प्रहरीको सिआईबीले छानविन गरी केही दिन पहिले मुद्दा दर्ता गराएको थियो ।
दीपक भट्टले भने आफूलाई थाहै नदिई धोका दिएर सुलभ अग्रवालले कोषको पैसा दुरुपयोग गरेको आरोप लगाउँदै आएका छन् ।











