नेप्सेले खोल्यो मार्जिन कारोबारको ढोका, ३१ ब्रोकरलाई अनुमति

४ असार २०८३, बिहीबार १४:२४

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जले चालु आर्थिक वर्ष २०८२/८३ का लागि मार्जिन कारोबार सुविधा प्रदान गर्न अनुमति प्राप्त गरेका सदस्य दलाल कम्पनीहरूको अद्यावधिक सूची सार्वजनिक गरेको छ।

नेप्सेले जारी गरेको आधिकारिक सूचनाअनुसार यस वर्ष सेयर लगानीकर्ताहरूलाई मार्जिन ऋण तथा मार्जिन कारोबार सेवा उपलब्ध गराउन कुल ३१ वटा स्टक ब्रोकर कम्पनीहरूले अनुमति प्राप्त गरेका छन्। यससँगै योग्य ब्रोकरहरूले तोकिएको सीमा अनुसार लगानीकर्तालाई सेयर खरिदका लागि कर्जा (लेभरेज) सुविधा उपलब्ध गराउन सक्नेछन्।

अनुमति प्राप्त कम्पनीहरूको सूचीमा क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज, सेक्युर्ड सेक्युरिटिज, भिजन सेक्युरिटिज, प्राइमो सेक्युरिटिज र कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज लगायतका संस्थाहरू रहेका छन्। यस्तै दिपशिखा धितोपत्र कारोबार, इम्पेरियल सेक्युरिटिज, दिव्या सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट, डाइनामिक मनि म्यानेजर्स र दक्षिणकाली इन्भेष्टमेन्टले पनि मार्जिन कारोबार सुविधा सञ्चालन गर्न अनुमति पाएका छन्।

त्यसैगरी श्वेता सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, निभ सेक्युरिटिज, श्रीहरी सेक्युरिटिज, नासा सेक्युरिटिज, सिप्रभी सेक्युरिटिज र भृकुटी स्टक ब्रोकिङ्ग पनि सूचीमा समावेश छन्। सुन्धरा सेक्युरिटिज, क्रियटिभ सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज पब्लिक, एबीसी सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, अनलाईन सेक्युरिटिज, सनी सेक्युरिटिज, ओपल सेक्युरिटिज इन्भेष्टमेन्ट र कालिका सेक्युरिटिजले पनि अनुमति प्राप्त गरेका छन्।

यसैगरी संस्थागत लगानीकर्ता तथा ठूला डिलरका रूपमा रहेका नबिल स्टक डिलर, नागरिक स्टक डिलर, एनआईएमबी स्टक मार्केट्स तथा हिमालयन सेक्युरिटिज पनि सूचीमा परेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*