आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
४ असार २०८३, बिहीबार १५:०६

काठमाडौं । आज बिहीबार नेप्सेमा ३४७ कम्पनीको ७७ लाख ४३ हजार ३० कित्ता शेयर ४१ हजार १०४ पटक किनबेच हुँदा ३ अर्ब ४१ कराड ४८ लाख २३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
जसमध्ये आँखुखोला जलविद्युत कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, सीईडीबी होल्डिङ्ग्स, बुंगल हाइड्रो, सिद्धार्थ बैंक, शिवम् सिमेन्ट, सिटी होटल, एनआरएन, सेन्ट्रल फाइनान्स र नेशनल हाइड्रो पावरको शेयर सर्वाधिक कारोबार भएको छ।












