दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत
१८ असार २०८३, बिहीबार १५:१७

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा दुई कम्पनीहरूको बोनस शेयर सूचीकृत भएको छ। नेप्सेमा नेपाल हाइड्रो डेभलपर लिमिटेड र कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो।
नेपाल हाइड्रो डेभलपरको साधारणसभाले पारित गरेको ९ प्रतिशत बोनस शेयर बापत ३ लाख ४९ हजार ३७७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो भने कुथेली बुखरी स्मल हाइड्रोपावरको साधारणसभाले पारित गरेको १० प्रतिशत बोनस शेयर बापतको १ लाख ३४ हजार ५४.२५ कित्ता शेयर सूचीकृत भएको हो।
नेप्सेमा सूचीकृत भइसकेकाले डिम्याट खातामा बोनस शेयर प्राप्त गरेपछि शेयरधनीहरूले उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।











