विष्णु पौडेल थप ६ दिन थुनामै रहने
१८ असार २०८३, बिहीबार १५:२८

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले बिहीबार सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा गत ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई यसअघि ९ गते ७ दिन र १५ गते ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।
यसैबीच, पौडेलकी पत्नीले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट भने हाल विचाराधीन रहेको छ।











