मन्त्रिपरिषद्को निर्णयः नेपाल प्रहरीका ८ एआईजीको सरुवा

१८ असार २०८३, बिहीबार १५:५४

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई सरुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीलाई सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्य विभागमा एआईजी उमा चर्तुवेदीलाई पठाइएको छ । सीआईबीमा कार्यरत एआईजी डा मनोज केसीको भने अपराध अनुसन्धान विभागमा सरुवा भएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआईजी सुशील सिंह राठौरलाई पठाउँदा रानिपोखरीका एआईजी ईश्वर कार्कीको मानव स्रोत विभागमा सरुवा गरिएको हो ।

मानव स्रोतका एआईजी राजन अधिकारीको नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठनमा सरुवा गरिएको छ भने एकेडेमीका एआईजी सिद्धिविक्रम शाहको कार्य विभागमा सरुवा भएको छ ।

प्रदेश समन्वय विभागमा कार्यरत डम्बर विकको प्रशासन विभागमा र प्रशासन विभागका हिमालय कुमार श्रेष्ठको प्रदेश समन्वय विभागमा सरुवा भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*