माउण्ट एभरेष्ट पावरको आइपीओ बाँडफाँड सम्पन्न
१९ असार २०८३, शुक्रबार ०९:३५

काठमाडौं । माउण्ट एभरेष्ट पावरको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ।
कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान ८स्३० बजे शेयर बाँडफाँड सम्पन्न भएको हो ।
कम्पनीको शेयर १लाख ४२ हजार ७६० जनालाई १४ लाख २७ हजार ६ सय कित्ता शेयर परेको छ ।
कम्पनीले असर ३ देखि असार ८ गतेसम्म सर्वसाधारणलाई १४ लाख २७ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको थियो।
नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ साउनदेखि विद्युत उत्पादन गरिरहेको छ ।












