सुनको मूल्यमा उच्च वृद्धि, शुक्रबार प्रतितोला कति ?
१९ असार २०८३, शुक्रबार ११:०२

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन एकैदिन तोलामा सात हजार २०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन सुन तोलामा दुई लाख ८३ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको थियो ।
यता, चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले बढेर प्रतितोला चार हजार ६१५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।











