राष्ट्रिय बीमा कम्पनीमा कर्मचारी माग (सूचना सहित)

१९ असार २०८३, शुक्रबार ११:२९

काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ।

कम्पनीले प्रशासन, सह व्यवस्थापक १ जना, प्रशासन चार्टड एकाउन्टेन्ट १ जना, प्रशासन नायव व्यवस्थापक १ जना, प्रशासन कानून अधिकृत १ जना, प्रशासन, सहायक व्यवस्थापक ३ जना र प्रशासन, सहायक ‘क’ पदमा १ जना कर्मचारी माग गरेको छ।

त्यसैगरी स्वास्थ्य सहायक १ जना, सूचना प्रविधि सहायक १ जना, प्रशासन, सहायक ‘ख’ ६ जना र कृषि प्राविधिक पदमा १ जनाका लागि दरखास्त आवेदन खुलाएको छ।

सम्बन्धित पदका लागि तोकिएको शैक्षिक लगायत अन्य योग्यता पूरा भएको इच्छुक नेपाली नागरिकले साउन ७ गतेसम्म र दोब्बर दस्तुर तिरी साउन १४ गतेसम्म अनलाइन माध्यमबाट आवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*