आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

१९ असार २०८३, शुक्रबार १५:०४

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से सूचक ८.३० अंकले घट्दा ४ अर्ब ४० करोड ५१ लाख ७७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन सूचीकृत ३४५ कम्पनीहरूको ८५ लाख ८४ हजार ४०१ कित्ता शेयर खरीद–बिक्री भएको छ। आज ४% एग्रिकल्चर बोन्ड, ११% केबीएल डिबेन्चर २०८९, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, बेष्ट फाइनान्स र सेन्ट्रल फाइनान्सको शेयर सर्वाधिक कारोबार भएको छ।

त्यसैगरी आँखुखोला जलविद्युत कम्पनी लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, सीईडीबी होल्डिङ्स लिमिटेड, शिवम् सिमेन्ट्स र रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको शेयर अधिक किनबेच भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*